About Us

प्रेस बिज्ञप्ति

२०७३ /०१/१९

प्रेस बिज्ञप्ति
सञ्चारकर्मी मित्रहरु

सर्वप्रथम सुदूरपश्चिमको शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने मूल ध्येयका साथ धनगढीमा वेस्टर्न ईन्टरनेशनल बिजनस स्कुल शुरु गरेको सहर्ष जानकारी गराउदछौ । २०१२ मा स्थापना भएको यस कलेजले जेठ देखि एम.वी.ए र बी.बी.ए.को अध्ययन अध्यापन शुरु गर्न गईरहेको व्यहोरा अवगत गराउदछौ । एम.बी.ए.मा ३० र बी.बी.ए.मा ६० विध्द्यार्थीको शुरुवाती क्षमता आवश्यकता र मागका आधारमा कलेजले विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । कलेजले बी.बी.ए.को चार वर्षे (आठ सेमिस्टर) अबधिको शुल्क चार लाख ९० हजार रुपैया र एम.बी.ए.को दुई वर्षे (चार सेमिस्टर) अबधिका लागि चार लाख १८ हजार रुपैया शुल्क तोकेको छ ।

कलेजका बिशेषताहरु :

  • १. बिभिन्न रोजगारदाता कम्पनी तथा प्रतिष्ठानहरुसंग ईन्टर्नसीप र रोजगारीका लागि दुई पक्षीय सम्झौता गरिएको ।
  • २. अमेरिका, युरोप, अष्टेलिया लगायतका संसारका बिभिन्न देशहरुमा शतप्रतिशत क्रेडिट ट्रान्सफर गर्न सकिने ।
  • ३. बिजनेस स्कुलको पूर्ण संस्कृतिमा सञ्चालन ।
  • ४. मलेसिया अथवा सिंगापुरमा दिक्षान्त समारोह सञ्चालन गरिने ।
  • ५. सम्बन्धित विषयका बिज्ञहरुद्धारा कक्षा सञ्चालन गरिने ।
  • ६. अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त डिग्री ।
  • ७. प्रत्येक च्याप्टरमा केस स्टडी गराईने ।
  • ८. अमेरिकन प्राध्यापकद्धारा केस स्टडी जाँचको व्यबस्था ।
  • ९. त्रिभुवन विश्व विद्यालय लगायत विश्वका बिभिन्न ख्याती प्राप्त विश्वविद्यालयहरुसंग समकक्षता प्राप्त गरेको ।
  • १०. सुबिधा सम्पन्न भौतिक पूर्बाधारको व्यबस्था ।

धन्यवाद।

पदम बहादुर मल्ल
अध्यक्ष
वेस्टर्न ईन्टरनेशनल बिजनस स्कुल